२९ आश्विन २०८३, बिहिबार

सशस्त्र प्रहरीः भन्सार र औधोगिक सुरक्षामा अब्बल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF

माओवादी सशस्त्र द्वन्द्वको सामना गर्ने मुख्य उदेश्यका साथ २०५८ सालमा अर्ध सैन्य संगठनको रुपमा स्थापना भएको सशस्त्र प्रहरी बल शान्तिकालमा पनि उतिकै सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न सफल भएको छ । हतियार बोक्छ सेना होइन, पुलिस जस्तै देखिन्छ तर पुलिस होइन त्यो अनौठो प्रकृतिको संगठन हो सशस्त्र प्रहरी बल ।

माओवादीको सशक्त उपस्थितिले राज्यको सुरक्षा प्रणालीलाई चुनौती दिंदै गएको थियो । पहिलो चरणमा मैदानमा खटिएका प्रहरीहरुले माओवादीको सुरक्षा चुनौतीको समाना गर्न नसक्ने स्थिति पैदा भयो । यसका कारण सरकार मुलुकमा नयाँ सुरक्षा रणनीति अख्तियार गर्न बाध्य हुने अवास्थामा पुगेको थियो ।

युद्ध लड्न प्रहरीसंग अनुभव नभएको अवस्थामा एउटा नयाँ संगठनको निर्माण गर्नु पर्ने आवश्यकता थियो । यसको परिणामस्वरूप सेनको केहि अधिकार र प्रहरीको केहि अधिकार यसको स्वरुप र बिशेषतालाई समायोजन र बिनियोजन गरेर अर्ध सैन्य बलको निर्माण गरियो । जसलाई  अहिले हामी सशस्त्र प्रहरी बलको नामले र सशक्त प्रहरी बलको कामले चिन्ने गर्छौं ।

त्यो सबल संगठनको नेतृत्वमा नतिजामा ध्यान दिने प्रकृतिका दुर्जकुमार राई रहेका छन् । के हुन्छु भन्दा पनि के गर्छु भन्ने कुरा महत्वपूर्ण हुन्छ भनेर आफ्नो अर्जुनदृष्टि सशस्त्रको निरन्तरता मात्र होइन यसलाई सशक्त सुरक्षा बल बनाउनु पर्छ भन्ने उदेश्य राखेका राई सशस्त्र प्रहरी बललाई सबल बनाउने कार्यमा जुटेका छन् । किनकि उनि कर्ममा विश्वास गर्छन ।

सशस्त्र प्रहरी बलले कानुनले तोकिदिएको जिम्मेवारी सफलता र कुसलतापूर्वक निर्वाह गरिरहेको छ । त्यो मध्यको एउटा जिम्मेवारी हो राजस्व, भन्सार तथा औधोगिक क्षेत्रको सुरक्षा गर्नु । सशस्त्र प्रहरी बल राजस्व, भन्सार तथा औधोगिक सुरक्षामा अबल देखिएको छ ।

राजस्वमा अत्याधिक चुहावट , भन्सार दस्तुरमा व्यापक छली र औधोगिक क्षेत्रमा बन्द हड्ताल लगायतका अन्य किसिमका गतिविधिले गर्दा राज्यको अर्थतन्त्र थिलथिलो भएको र यसलाई नियन्त्रण र नियमितता गर्नका लागि अन्य सुरक्षा निकायबाट पार नलाग्ने निष्कर्ष निकाल्दै २०६९/०६/११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व , भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालायको गठन गर्ने निर्णय गरेको थियो ।

भन्सार नाकाहरुमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्ने उदेश्यका साथ मन्त्रिपरिषद्को निर्यणबाट स्थापना गरिएको सीमा सुरक्षा विभागले सीमा सुरक्षाका अलाबा भन्सारमा हुने चोरी निकाशी पैठारी नियन्त्रण तथा राजस्व संकलनमा उल्लेख्य सहयोग प्रदान गर्दै आएको सशस्त्र प्रहरी बलले उद्योगी व्यवसायीहरुको विश्वास जित्न सफल भयो ।

सीमा सुरक्षा विभागको लक्ष्य र उदेश्य नै फरक रहेको र औधोगिक सुरक्षा र भन्सार चुहावट नियन्त्रण गर्नका लागि समय सापेक्ष विशिष्ट किसिमको सुरक्षा निकायको स्थापना गर्नु पर्ने माग चौतर्फी  रुपमा उठ्न थाल्यो । राज्यको आम्दानीको  प्रमुख स्रोत नै भन्सार राजस्व हो । त्यस्तै औधोगिक क्षेत्रको उत्पादन र कर भएकाले यसलाई थप व्यवस्थित गर्नका लागि छुटै सुरक्षा निकायको स्थापना गर्नुको सरकारकसँग बिकल्प थिएन ।

त्यसैले सरकारले सशस्त्र प्रहरी बलको मातहतमा राजस्व ,भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालयको गठन गरेर २२५० दरवन्दी स्वीकृत गरि विभिन्न गण तथा गुल्म गरि २४ वटा कार्यालयको स्थापना गरेको छ ।

राजस्व, भन्सार तथा औधोगिक सुरक्षा निर्देशिका २०७० मार्फत यो निर्देशनालयले आफ्नो कार्य सम्पादन गर्दै आएको छ । यहि निर्देशिका बमोजिम सशस्त्र प्रहरी बलले भन्सार नाका र औधोगिक प्रतिष्ठानमा सुरक्षा प्रदान र अधिकारको प्रयोग गर्दै आएको छ ।

लेखक
लेखक

यस निर्देशनालय अन्तर्गत बिभिन्न भन्सार नाकामा खटिएका सुरक्षाकर्मीले कुनै किसिमको आर्थिक प्रलोभनमा परेर राज्यको प्रमुख आयस्रोत राजस्व संकलनमा गिरावट आए शुन्य सहनशीलताको नीति अनुसार कारवाही गर्ने र असल मान्छे त्यस्तो ठाउँमा पठाउनु पर्ने कुरामा आफू प्रष्ट रहेको का मु महानिरीक्षक राई बताउँदै आएका छन्।

राजस्व सङ्कलन, भन्सार सुरक्षा र औधोगिक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी बलले कुनै पनि कसर बाँकी नराख्ने र आवश्यकता परेको खण्डमा जस्तो सुकै कदम चाल्न पनि संगठन तयार रहेको राईको प्रतिक्रिया रहेको छ ।

मधेश आन्दोलन र सीमा नाकामा भएको अवरोध र धर्ना त्यस्तै औधोगिक क्षेत्रमा आक्रमण गर्न प्रयास गर्नेलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले कुनै हालतमा छाड्दैन भनेर आन्दोलनरत पक्ष डराएको र  भन्सार कार्यालय तथा औधोगिक प्रतिष्ठानमा कुनै पनि आक्रमण हुन् नदिएको निर्देशनालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक सैलेन्द्र खनाल बताउँछन् ।

उद्योग धन्दामा क्षति गर्ने, राजस्व छलेर राज्यलाई ठग्ने लगायतका आफ्नो निर्देशनालयलाई कानुन र निर्देशिका बमोजिम प्राप्त क्षेत्राधिकार भित्र रहेर सम्बन्धित क्षेत्रको सुरक्षामा विषयमा कठोर नीति लिएको दावी गर्दै राज्यलाई ठग्ने  राज्य, संस्थानको र व्यक्ति सम्पत्तिमा हानी नोक्सानी पुर्याउने र गलत काम गर्ने कसैलाई सशस्त्र प्रहरीले नछाड्ने नायव महानिरीक्षक खनाल बताउँछन् ।

सशस्त्र प्रहरी बलको औधोगिक सुरक्षा निर्देशनालय स्थापन हुनु भन्दा पहिला उद्योग कलकारखानामा बन्द, हड्ताल, आन्दोलन, चन्दा आतङ्क लगायतका अनावश्यक हैरानी दिने गरेको र  उद्योगीहरुले त्यो ठाउँ छाडेर बाहिर बस्ने गरेको । कारखानाका कर्मचारीहरु अस्वाभाविक माग राखेर उद्योग धन्दा धरासायी बनाउने बन्द गराउने गरेकोले अब यस्तो कुरा सह्य नहुने र यस्ता किसिमका समस्या समाधान भैसकेको खनालको दावी रहेको छ ।

उद्योग धन्दामा बढ्दो चन्दाआतङ्क, बन्दहडतालका कारण उद्योगी व्यवसायीहरुले हतियार राख्न पाउनुपर्ने माग राख्न थाले यसले देशको शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा सरकारले उद्योगि व्यवसायीलाई सुरक्षित राख्न र उद्योग धन्दा सुचारुरूपले संचालन गर्न सशस्त्र प्रहरी बलको परिचालन गर्ने र सुरक्षति वातावारंको निर्माण गर्ने कार्यमा सशस्त्र प्रहरी बल सफल भएको छ ।

सशस्त्र प्रहरी बलले औधोगिक क्षेत्रमा कलकारखानाको निर्माण, विकास र त्यसको व्यापक रुपमा विस्तार गर्ने, बन्द रहेका कलकारखानालाई पुनः संचालनमा ल्याउन सहयोग गर्ने, कलकारखानामा हुने बन्द हड्ताल तथा बिभिन्न अपाराधिक समूहबाट हुने धम्कि, आक्रमण, तोडफोड, आगजनी, चन्दाआतङ्क र अराजक तत्वलाई नियन्त्रणमा लिने र समाप्त पार्ने, जस्ता कार्य गर्दछ ।

देशका प्रमुख औधोगिक क्षेत्र र औधोगिक करिडोरको विकास विस्तार, प्रवर्द्धन र संरक्षणमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण सहायता प्रदान गर्दै आएको छ । यसले आम पब्लिकलाई   सशस्त्रको भूमिका प्रति सकारात्मक सन्देश प्रवाह भएको छ ।

देशभर छरिएर रहेका उद्योग कलकारखाना एवं औधोगिक करिडोरको पहिचान गरि प्रभावकारी सुरक्षा योजना बनाई परिचालन गर्ने ,उद्योग कलकारखानामा कार्यरत मजदुर संगठनहरु तथा अन्य निकायबाट हुने बन्द, हड्ताल, आगजनी, तोडफोड तथा जुलुस प्रदर्शन हुन सक्ने दंगा नियन्त्रण गर्ने, भन्सारबाट कच्चा पदार्थ उद्योग सम्म लाने र उत्पादित समान गन्तव्यसम्म लग्न मद्धत गर्ने, बैंक तथा वित्तीय संस्था, खानीको संरक्षण गर्ने, उद्योगमा हुने चोरी डकैति नियन्त्रण गर्ने तथा औधोगिक क्षेत्रमा हुने प्राकृतिक तथा मानवीय विपत्तिको घडीमा भएका घटनाहरुमा उद्धार गर्ने र राहत वितरण गर्ने उदेश्य पूर्तिका लागि पनि औधोगिक सुरक्षामा सशस्त्र प्रहरी बलको आवश्यकता बढ्दै गएको छ ।

राजस्व, भन्सार  र औधोगिक क्षेत्रको सुरक्षामा सशस्त्रको  सशक्त प्रहरी बल बन्न सक्ने गतिविधि हुनुपर्छ । ऊर्जाशील मानिसले देश बनाउँछ । संगठनको निर्माण गर्छ । त्यसैले सशस्त्रको नेतृत्वले सशस्त्रको स्पिरिटलाई प्रभावकारिताका साथ निरन्तरता दिन जरूरी छ ।