८ कार्तिक २०८३, आइतबार

एघार ग्यास उद्योगीले आफू खुसी ग्यास बेचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330काठमाडौं, १३ माघ । नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई वितरण नदिई ११ वटा उद्योगले आफूखुसी उपभोक्तालाई ग्यास बेचेको पाइएको छ ।

विभिन्न भन्सार कार्यालयहरुबाट जाँचपास गराई बुलेट छुटाएको देखाइए पनि ती उद्योगले कुन कुन डिलरमार्फत ग्यास वितरण गरेको भन्ने विवरण दिएका छैनन् । कारोबार दैनिकले समाचार छापेको छ ।

विवरण नपठाउनेमा सरकारी कम्पनीबाट ट्रेडिङ कर्पोरेसनको एसटीटी ग्यास पनि छ ।

एसटीसीले एक साताको विवरण नपठाइएको निगमले जनाएको छ ।

धादिङको नमस्ते ग्यास उद्योग, धादिङकै श्रीमाया ग्यास उद्योग, बनेपाको चण्डी र सूर्य ग्यास उद्योग, धादिङका लोकप्रिय, तारा, त्रिवेणी, गीता र वीरगन्जको मनोज र पोखराको गृहलक्ष्मी ग्यास उद्योगले पनि उपभोक्तालाई वितरण गरेको ग्यासको विवरण निगमलाई बुझाएका छैनन् ।