
बग्दाद (इराक), १२ माघ । इराकको सुरक्षा बलले आईएस विद्रोहीद्वारा मारिएका १८ जनाको सामूहिक चिहान सोमबार फेला परेको प्रहरीले मङ्गलबार जनाएको छ ।
रमादीको मध्यभूभाग अल जानियामा भेटिएको उक्त चिहानबाट १८ जनालाई उद्धार गरिसकिएको छ भने यस वरपर करिब ४० जनाको शव गाडिएको आशङ्कामा प्रहरीले खाजी कार्य जारी राखेको प्रहरी अधिकारी अब्दुल करिमले बताउनुभयो ।
रमादीलाई आईएस विद्रोहीले सन् २०१४ यता आफ्नो नियन्त्रणमा लिँदै आएकोमा इराकी सुरक्षा फौजले केही समय पहिलेमात्र यसलाई सरकारी फौजको नियन्त्रणमा ल्याएको हो ।
रमादी आफ्नो कब्जामा लिएपछि इराकस्थित आईएस समूहले पटक पटक सरकारी सुरक्षाकर्मी तथा सर्वसाधारणको ठूलो सङ्ख्यामा हत्या गर्ने गरेका छन् ।
सरकारी सुरक्षाफौजले लामो समयको कारबाहीपश्चात इराकको रमादी र यसको प्रान्तीय केन्द्रलाई नियन्त्रणमा लिए पनि जिहादी विद्रोहीले प्रान्तीय राजधानी वरपरका केही क्षेत्रमा पुनः कब्जा जमाएको प्राप्त समाचारमा उल्लेख छ ।
अनवर प्रान्तीय परिषद्का प्रमुख सवाह कारहौटले उद्धार गरिएका अधिकांश लाश गोली हानी वा गर्धन काटी मारिएका अवस्थामा पाइएको बताउनुभयो ।
आईएसले हालै मात्रै इराकी सुृरक्षाफौजसँगको झडपमा ठूलो क्षति व्यहोरेको र आफ्नो आश्रयस्थल बनाउँदै आएको रमादीबाट पछि हट्न बाध्य भएको हो । रासस÷एएफपी















प्रतिक्रिया