७ कार्तिक २०८३, शनिबार

यी हुन् नेपालका सबैभन्दा ठूला भ्रष्टाचारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nijamati-karmachari-civil-workerकाठमाडौं, १२ माघ । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।

एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ ।

अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए ।

सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएका छन् ।