काठमाडौं, १२ माघ ।
नामः गौरीमाया घिमिरे
ठेगानाः काठमाडौ, मनमैजु–९ बालाजु
फैसलाः भ्रष्टाचार मुद्दामा ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना
अवस्थाः फैसला कार्यान्वयन हुन बाँकी
भ्रष्टाचार अभियोग पुष्टि गर्दै अदालतबाट कैद सजाय सुनाइएका सरकारी कर्मचारी घिमिरेबारे फैसला कार्यान्वयन निर्देशनालयको फाइलमा रहेको यो विवरणले केन्द्रीय अनुसन्धान व्युरोको फरार खोजी टोलीको ध्यान तान्यो ।
नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक तहमा कार्यरत ३५ वर्षीया गौरीमायालाई विशेष अदालतले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोग पुष्टि गर्दै कैद र जरिवाना फैसला गरेको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
आर्थिक वर्ष २०६९, ७० मा परिषदमा प्राविधिक सहायक टि ४ पदको आवेदन खुलेको थियो । सोही क्रममा दरखास्त दिन गएका नगेन्द्र घिमिरेसमेतका पाँच जनासँग जागिर लगाइदिने प्रलोभन दिएर ३ लाख ९७ हजार उठाएको आरोप लाग्यो गौरीमायालाई ।
उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिई उनीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारको मुद्दामाथि सुनवाइ गर्दै विशेषले असोज २२ गते उनलाई दोस्रो करार गर्दै ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना फैसला गरे पनि उनी जेलचलान नहुँदा फैसला कार्यान्वयन हुन सकेको थिएन ।
सरकारी कर्मचारीविरुद्ध भएको फैसला नै कार्यान्वयन हुन नसकेको सूची देखेपछि अदालतको फैसला कार्यान्वयनका लागि बनेको ब्युरोको टोली उनको खोजीमा सक्रिया भएको थियो ।















प्रतिक्रिया