३० आश्विन २०८३, शुक्रबार

नेवाः अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Newa-Rakdan (2)

लस एन्जल्स । अमेरिकाको नेवाः अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले श्री पशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा ५८ जना रक्तदान गर्न उपस्थित भएकोमा ३१ जनामात्र सफल भएका थिए । विगत तीन वर्षदेखि हरेक तीन(तीन महिनामा रक्तदान गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २० सेप्टेम्बर २०१५ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

‘आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छौ र आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम गर्दै जानेछौ’ संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठले बताए ।

अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनुपर्दछ । सामान्य अवस्थामा ६ हप्तापछि पुनः रगत दिन सकिने भएपनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।

Newa-Rakdan (1)  Newa-Rakdan (3) Newa-Rakdan (4)