७ कार्तिक २०८३, शनिबार

नाका खुल्छ कि खुल्दैन ?, भारतले किन गरेन स्वागत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nakabandi-660x330काठमाडौं, ११ माघ । संविधान संशोधनपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न मधेसी मोर्चाको बैठक सोमबार बस्दै छ ।

प्रमुख तीन दलले आफूखुसी संविधान संशोधन गरेको भन्दै मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । ‘मोर्चाको बैठक भोलि (सोमबार) बस्दै छ’, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ ।’

सीमानाकामा जारी धर्ना कार्यक्रम निरन्तर राख्ने तयारीमा मोर्चा रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले पनि नाकाको धर्ना निरन्तर राख्ने जनाएको छ ।

नाकाको धर्ना र आन्दोलन थप सशक्त बनाउने निर्णय केन्द्रीय समितिले गरेको संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

मोर्चाले अब काठमाडौंलाई पनि केन्द्रित गरेर आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । सिंहदरबार घेराउलगायतका आन्दोलनका कार्यक्रमका लागि काठमाडौंका विभिन्न जनजाति पार्टी र समूहसँग सहकार्य गर्ने तयारी पनि मोर्चाको छ ।

मधेसी मोर्चाले संसद्मा रहेका विपक्षी दललाई समेटेर महागठबन्धन बनाउने तयारी गरेको छ । मोर्चाको सोमबार बस्ने बैठकमा सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले गठबन्धनको प्रस्ताव गर्ने भएका छन् ।

‘आन्दोलनलाई काठमाडौंकेन्द्रित र सशक्त बनाउन महागठबन्धन बनाउने तयारी अनुरूप मोर्चाको बैठकमा प्रस्ताव गरिँंदै छ,’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने ।

भारतले संविधान संशोधनको निर्णयलाई ‘स्वागत’ नगरी ‘सकारात्मक कदम’ भनेको छ । मधेसी मोर्चाले राखेका माग सम्बोधन गर्ने सरकारी रोडम्यापलाई भारतले ६ पुसमा ‘स्वागत’ गरेको थियो ।

कूटनीतिमा ‘स्वागत’ र ‘सकारात्मक’ शब्दको अर्थ फरक हुन्छ, भारतको वक्तव्यले कूटनीतिक वृत्तमा अन्योल उत्पन्न गराएको छ ।

‘नेपाली संसद्बाट दुईवटा संशोधन पास भएको विषयलाई हामी सकारात्मक विकासका रूपमा लिन्छौँ । हामी आशा गर्छौँ कि अन्य विषयहरू पनि यसैगरी सम्बोधन हुनेछन्,’ भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको दुई वाक्यको विज्ञप्तिमा उल्लेख छ ।