काठमाडौं, १० माघ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मनपरि भाडा असुल्नेहरुलाई कारवाही गर्न माग गरेको छ ।
संगठनको आइतबार बसेको केन्द्रिय समिति बैठकले तेलको मुल्य घटेको भन्दै सार्वजनिक यातायातको भाडा घटाउन माग गरेको हो । उसले बढी भाडा नलिन यातायात व्यवसायीहरुलाई चेतावनी समेत दिएको छ ।
राजधानीमा बसेको बैठकले विद्यार्थीलाई छुट्टै डिपोबाट ग्यास उपलब्ध गराउन नेपाल आयल निगमसँग माग समेत गरेको छ ।
अध्यक्ष राजिव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको वैठकले ‘कलेज कलेजमा राप्रविसं, विद्यार्थीहरूमाझ राप्रविसं’ नामको कर्यक्रमसहित हरेक हप्ता छुट्टाछुट्टै कलेजको सरसफाइ गर्ने निर्णय पनि गरेको छ ।
आगामी केन्द्रीय अधिवेशनलाई मध्यनजर गर्दै संघले प्रत्येक क्याम्पस, नगर र जिल्ला समितिलाइ तत्काल अधिवेशन गर्न पनि निर्देशन दिएको छ ।












प्रतिक्रिया