१४ कार्तिक २०८३, शनिबार

वाईसिएलमा सुदूरपश्चिमको लडाइँ, भेदभाव नसच्याए संगठन छाड्ने चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MAo-Ycl-Sudoorpaschimकाठमाडौं, १० माघ । एकीकृत नेकपा माओवादीको भातृ संगठन योंग कम्युनिष्ट लिग (वाईसिएल)मा सुदूरपश्चिमलाई फेरि उपेक्षा गरेको भन्दै लडाइँ सुरु भएको छ ।

शनिबार सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कमिटीमा सुदूरपश्चिमलाई भेदभाव गरेको भन्दै प्रदेश नम्बर ७ का पदाधिकारीले असहमति जनाएका हुन् ।

उनीहरुले आइतबार अपराह्न एक विज्ञप्ति जारी गरी संगठन बहुपदीय संरचनामा जाँदा समेत चयन भएको नयाँ नेतृत्वमा सुदूरपश्चिमका युवाले दिएको बलिदानीको अवमूल्यन गरी उपेक्षा गरेको भन्दै असहमति जनाएका हुन् ।

सुदूरपश्चिमका ११ जना केन्द्रीय सदस्यले सामुहिक रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ- बहुपदीय संरचनामा जाँदा समेत ऐतिहासिक १० वर्षे महान जनयुद्ध, जनआन्दोलन लगायत पटक पटक भएका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरुमा यो क्षेत्र (७ नम्बर प्रदेश), सुदूरपश्चिम क्षेत्रका युवाहरुले खेलेको महत्वपूर्ण भुमिकाको अवमुल्यन गर्दै १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउँदा समेत यो क्षेत्रलाई उपेक्षित गरिएकोले यस निर्णयप्रति हामी असहमति जनाउदछौं ।’

उनीहरुले उक्त निर्णय नसच्याए सामुहिक रुपमा राजीनामा दिएर संगठनबाट अलग्निे चेतावनी समेत दिएका छन् । ‘उक्त निर्णय पुनरावलोकन नगरिए संयुक्त राजीनामा दिई नवनिर्वाचित केन्द्रीय सदस्हरु संगठनको सम्पूर्ण जिम्मेवारीबाट हट्ने जानकारी गराउँदै हामीहरु यो निर्णयप्रति असहमति दर्ता गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी नयाँ केन्द्रीय कमिटीमा सहमति जनाउनेहरुमा केन्द्रीय सदस्यहरु ललित थापा, रतन बहादुर सिंह, नरेन्द्र तिमिल्सेना, मिन बहादुर घर्तिमगर, दिल बहादुर थापा, केशव जोशी, मञ्जु बम, खेमराज ओझा, इन्द्र कठायत, कमल बोहरा र अर्जुन साउँद रहेका छन् ।