
काठमाडौँ, १० माघ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीस्थित मिसन २१ औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभएको छ ।
बिदाई समारोहमा प्रहरी महानिरीक्षक अर्यालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक हरिभक्त प्रजापतिलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले देश र संगठनको प्रतिनिधित्व गरेर शान्ति सद्भावदूतका रुपमा जाने हुँदा टोलीले व्यवसायीक दक्षता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुहुदै प्रहरी कार्य आफैमा जोखिम एवं चुनौतीपूर्ण रहेकोले यसलाई मनन् गरी राज्यको शिर उच्च राख्ने छ भन्ने अपेक्षा समेत गर्नुभयो ।

खटिजाने टोलीले मर्यादा र अनुशासनलाई पालना गरी एकतालाई कायम राखी मिसनमा आप्mनो व्यवसायीक कार्यकुशलता देखाउने अर्यालको विश्वास छ । उहाँले भन्नुभयो– “देश एवं संगठन प्रति कृतज्ञ हुन आवश्यक छ ।” बिदेशमा रहँदा प्रहरी कर्मचारीले आप्mनो जिम्मेवारी बोधकासाथ उत्कृष्ठ काम गरी संगठन र राष्ट्रको छवि उच्च राख्न प्रयासरत रहनुपर्ने उल्लेख गर्नुभयो । संगठनको नीति अनुरुप तोकिएको जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुको बिदेशको कार्यकालको सफलता र व्यक्तिगत स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
समारोहमा प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम खड्काले प्रहरी उपरीक्षक हरिभक्त प्रजापतिको नेतृत्वमा माघ १२ गते त्यसतर्फ खटि जाने टोलीमा प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ६, प्रहरी नायव निरीक्षक १५, प्रहरी सहायक निरीक्षक १२, प्रहरी हवल्दार ४७, प्रहरी जवान ४९ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ४० जना रहेको जानकारी दिनुभयो ।
नेपाल प्रहरीले सन् २००४ बाट हाइटी मिसनमा सहभातिा जनाउन शुरु गरी हालसम्म २० वटा कन्टिजेन्टमा २ हजार ६ सय ५० जना प्रहरी कर्मचारीहले आफूलाई तोकेको जिम्मेवारी व्यवसायिक रुपमा पुरा गरी सकेका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी प्रधान कार्यालयस्थित प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।












प्रतिक्रिया