१४ कार्तिक २०८३, शनिबार

भूकम्पपीडितको घरघरमा इन्जिनियर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Engineers-are-checking-cracked-houses-7गोरखा, १० माघ । भूकम्पले पु¥याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा इन्जिनियर पुगेर तथ्याङ्क सङ्कलन गर्दैछन् ।

केन्द्रीय तथ्याङ्क विभागको निर्देशनअनुसार जिल्लास्थित तथ्याङ्क कार्यालयले दैवीप्रकोप उद्धार समितिसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको काम अघि बढाउनेछ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार प्रत्येक घरपरिवार र ती घरपरिवार बसोबास गर्ने आवास भवनमा पुगेको क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न गाउँमा इन्जिनियर पठाउन लागिएको हो ।

“इन्जिनियर र तथ्याङ्क सङ्कलनमा खट्ने प्राविधिकले कसरी तथ्याङ्क सङ्लकन गर्ने भन्नेबारे तालिम लिइरहेका छन्”–प्रजिअ गौतमले भन्नुभयो, “तालिम सकिएपछि गाउँगाउँमा भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गरिनेछ ।”

गाउँमा पुगेका इन्जिनियरले अब बन्ने घरको सम्भावित नक्साबारे पनि जानकारी गराउनेछन् ।

तथ्याङ्क सङ्कलनमा ६४ जना इन्जिनियरलाई खटाउने तयारी गरिएको छ । “एक जनाले एक दिनमा १० घरधुरीको तथ्याङ्क सङ्कलन गर्छ”–प्रजिअ गौतमले भन्नुभयो, “क्षतिको पूर्ण गणना गरिन्छ ।” रासस