
– इन्द्रसरा खड्का
बैतडी, १० माघ । बैतडीमा खाना पकाउने ग्यासको अभाव भएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीको कारण जिल्लामा ग्यासको आउन नसकेकाले चरम अभाव भएको हो । ग्यासको अभाव हुँदा सबभन्दा बढी होटल र व्यवसायी मारमा परेको स्थानीय होटल व्यवसायीहरुको भनाई रहेको छ ।
यस्तै, कोठा भाडा लिएर बस्ने विद्यार्थी तथा कर्मचारीहरु प्रत्यक्ष मारमा परेका छन् । लामो समय भएको ग्यास अभाव केहि समयअघि रेडियण्ड ग्यासको आपूर्ति भएपनि भेरी ग्यास भने नआएको मैहिनौं वितिसकेको छ ।
अहिले रेडियण्ड ग्यास पनि जिल्लामा आपूर्ति नभएकाले समस्या भएको स्थानीयको भनाई छ । घर भएकाहरुले दाउराबाट खाना पकाएर गुजारा चलाएपनि कर्मचारी र गाँउबाट सदरमुकाम पढ्न आएका विद्यार्थीहरु बढी मारमा परेको बैतडीका विद्यार्थी तिलक भट्टले बताए ।












प्रतिक्रिया