काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सिनेमा हललाई करको दायराभित्र ल्याउन पहल थाल्ने भएको छ ।
पटक पटक पत्र काट्दा पनि कर तिर्न अटेर गरेपछि सबै हललाई करको दायराभित्र ल्याउन विशेष पहल गर्ने भएको हो ।
महानगरपालिकाका अनुसार महानगरभित्रका कुनै पनि सिनेमा हलले मनोरञ्जन कर तिरेका छैनन् । दर्शकसँग भने प्रत्यके सिनेमा हलले पाँच प्रतिशतका दरले मनोरञ्जन कर असुल्दै आएका छन् ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दर्शकबाट असुल्ने तर सरकारलाई नतिर्ने सिनेमा हलको प्रवृत्ति ठीक नभएको बताएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनले कर तिर्न नमान्ने हललाई कारबाही गर्ने समेत बताएका छन् ।















प्रतिक्रिया