१४ कार्तिक २०८३, शनिबार

काँग्रेसको कार्यक्रम मधेसी मोर्चाले बिथोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagजनकपुरधाम, ९ माघ । नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले गतिरोध उत्पन्न गरेका छन् ।

उम्मेदवार रामपल्टन साहले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका कार्यकर्ताले काँगे्रस मधेस विरोधी र मधेसीको हत्यारा भएको भन्दै सम्मेलनमा गतिरोध उत्पन्न गरेका थिए ।

सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह र तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले मधेस र मधेसी विरोधी दलको कुनै पनि कार्यक्रम धनुषा जिल्लामा हुन नदिने बताउनुभयो ।

मोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमा सरकार र तीन दलविरुद्ध नाराबाजी पनि गरेका थिए । काँग्रेसले यही माघ २५ गते निर्धारण गरेको जिल्ला अधिवेशन कुनै पनि अवस्थामा हुन नदिने चेतावनी मोर्चाका कार्यकर्ताले दिएका छन् । रासस