काठमाडौँ, ९ माघ । व्यवस्थापिका–संसद् सुशासन समितिको सभापति पदमा नेकपा एमालेका मोहनसिंह राठौर निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।
शनिबार बिहान १० देखि ५ बजेसम्मका लागि उम्मेदवारी दिने समयसीमा राठौरको मात्रै उम्मेदवारी परेपछि उनी सभापति बन्ने पक्का भएको हो ।
कैलालीको प्रतापुर–६ का स्थायीवासी ६१ वर्षीय राठौरको उम्मेदवारीमा एमालेकै अम्बिका खवास राजवंशी प्रस्तावक र एमाओवादीका अमनलाल मोदी समर्थक रहेका संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उम्मेदवारीसम्बन्धी प्रस्ताव समितिको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछ ।
समितिका सभापति शेरधन राईले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेपछि सो पद खाली भएको थियो ।












प्रतिक्रिया