भैरहवा, ९ माघ । विगत करिब ५ महिनादेखी जारी भारतीय नाकाबन्दीको नेपाल भारत सीमावर्ति क्षेत्र भैरहवामा क्रियासील एमालेको नगरकमिटीले कडा विरोध गरेको छ ।
नेकपा एमाले सिद्धार्थ नगर कमिटीको दोस्रो नगर परिषदले भारतीय नाकाबन्दीको कडा प्रतिवाद गर्नुपर्ने, सरकार भारतीय नाकाबन्दीको विषयमा कडा रुपमा प्रस्तुत हुनुपर्ने सहितका १० वटा महत्वपुर्ण प्रस्ताव पारीत गरेको छ ।
परिषदले सरकारले तत्काल स्थानिय निकायको निर्वाचन सरकारले गर्नुपर्ने, सिनपालाई उपमहानगरपालिका बनाउनुपर्ने, विनाशकारी भुकम्पपीडितलाई चिसोबाट जोगाउन सरकारले तत्काल राहत प्याकेजको प्रभावकारी वितरण गर्नुपर्ने, पार्टि संगठन र कार्यकर्तालाई समय सापेक्ष प्रशिक्षण दिनुपर्ने, गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यलाई छिटो छरितो निर्माण गरिनुपर्ने, सेज र विशेष आर्थिक क्षेत्रको निर्माण तथा सन्चालनमा देखिएको अवरोधलाई हटाउनुपर्ने, नेपाली फुटबल टोलीले देखाएको प्रदर्शनलाई उच्च मूल्यांकन गर्दै खेलकुद क्षेत्रलाई अझ पारदर्शि बनाउनुपर्ने तथा तराई मधेसमा जारी आन्दोलनलाई तत्काल साम्य पारिनुपर्ने प्रस्ताव समेत पारित गरेको छ ।
परिषद नगर अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षता एवं एमाले नेता नेत्र प्रसाद पन्थिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा एमाले जिल्ला सचिव तुलसी प्रसाद चौधरी, उपसचिव राजेन्द्र प्रसाद पन्थि, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय इन्चार्ज हरिप्रसाद अधिकारी, सह इन्चार्ज हितराज पन्थि, नगर इन्चार्ज जिवलाल अर्याल, सहइन्चार्ज प्रेम कुमार सेन्चुरी, जिल्ला सदस्य डासुराम पाण्डे, जिल्ला सचिवालय सदस्य पम्फावति खनाल, क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे, अनेमसंघ जिल्ला अध्यक्ष उमा काफ्ले, युवा संघ केन्द्रिय सदस्य सरिता श्रीस, जिल्ला अनेरास्ववियु जिल्ला सहसचिव लक्ष्मी के.सी, जिल्ला सल्लाहकारहरु भरत कुमार पोखरेल, डा. रामप्रसाद बस्याल, नेपाल इत्तेहाद संगठनका जिल्ला अध्यक्ष लालमोहमद पठान लगायतको मन्तब्य राखेका थिए ।
बैठकमा नगर उपाध्यक्ष तारापति भण्डारीले स्वागत तथा सचिव थानेश्वर पौडेलले सन्चालन गरेका थिए । बैठकले उपाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको सांगाठानिक प्रतिवेदन र अध्यक्षले राजनैतिक प्रतिवेदन पेश गरेको उपसचिव रामबहादुर बस्नेतले जानकारी दिएका छन् ।












प्रतिक्रिया