ललितपुर, ९ माघ । राजधानीमा एक कोरियन महिलाको मृत्यु भएको छ ।
ललितपुर उपमहानगरपालिका–४ एकान्तकुना डेरा गरी बस्ने दक्षिण कोरियन नागरिक २७ वर्षीया किम सोलीको शुक्रबार बेहोस भएर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । बाथरूममा नुहाउँदा बेहोश भएकी उनलाई उपचारको लागि अल्का अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यसैगरी ललितपुर ताल्चिखेल बस्ने सिन्धुपाल्चोक चौताराकी २२ वर्षीया कान्छी शर्मा शनिबार उनकै कोठामा एक्कासी बेहोस भएपछि तत्काल उपचारको लागि अल्का अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया