
काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको पहिलो प्राथमिकता अमेरिका हुने गर्छ । अमेरिकामा पढेपछि मार्कसिटको मूल्य बढ्ने भएकाले सबै विद्यार्थीको पहिलो प्राथमिकतामा अमेरिका पर्छ । अमेरिकामा पढाइसँगै राम्रो पैस पनि कमाउन सकिने भएकाले धेरै आकर्षण भएको हो ।
अमेरिकामा अधिकांश कलेजले छात्रवृत्ति उपलब्ध गराउने भएकाले धेरैजसो विद्यार्थी छात्रवृत्ति खोज्छन् । छात्रवृत्ति भएमा विद्यार्थीले बुझाउने मासिक शुल्क, ट्युसन शुल्क छुट हुने भएकाले अधिकांश विद्यार्थीले छात्रवृत्ति खोज्ने गर्छन् ।
अमेरिका अध्ययन गर्न जाने अधिकांश विद्यार्थी प्लस टु अध्ययदन पूरा गरेका हुने गर्छन् । त्यसपछि स्नातक र स्नातकोत्तर तह पूरा गरेका हुने गर्छन् । त्यहाँ अध्ययन गर्न जाने अधिकांश विद्यार्थी व्यवस्थापन संकायका विषय र सूचना प्रविधिसँगै इन्जिनियरिङ पढ्न जाने हुनेगर्छन् । अमेरिका पढ्न जाने विद्यार्थीले जिआरई र एमटी अनिवार्य रुपमा पास गर्नुपर्ने व्यवस्था छ । व्यवस्थापन संकायतर्फका विषय पढ्न चाहने विद्यार्थीले एमएटी गर्ने गर्छन् । जिआरई र एमएटी पास गरे पनि सबै विद्यार्थीको अमेरिकाको भिषा लाग्दैन । अमेरिकाको भिषा दिने या नदिने विषयमा अमेरिकी दूतावासको मूख्य भूमिका हुने भएकाले सबै विद्यार्थी जान सक्दैनन् ।
अमेरिका अध्ययन गर्न जाँदा कलेजको शुल्कअनुसार पैसा लाग्ने गर्छ । कुनै कलेजमा धेरै शुल्क र कुनैमा न्यून रहेकाले फरक–फरक शुल्क लाग्छ । सामान्यता अमेरिकामा पढ्नका लागि १० देखि २० लाख रुपैयाँको जाहो गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा प्रेम पाण्डेले दिएको सुझाव छापिएको छ ।















प्रतिक्रिया