३० आश्विन २०८३, शुक्रबार

राप्रपा नेपाल अमेरिकामा पनि ब्युँतियो, आयोजक समितिका अधिकांश चर्चित अनुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loknath 2न्युयोर्क । अमेरिकामा राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।  सन् २०१२ देखि अमेरिकामा कृयाशिल ‘प्रवासी नेपाली एकता समाज अमेरिका’ को प्रथम राष्ट्रिय सम्मेलनका लागि संयोजक, उपसंयोजक र महासचिव सहित २५ जना सदस्य रहेको सल्लाहकार समिति र ३७ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

राप्रपा नेपालमा प्रवासका तर्फबाट केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठले वक्तब्य जारी गरी मेरिल्याण्ड निवासी लोक तिवारीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी दिएका हुन् ।  राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठकले निकट भविष्यमै राष्ट्रिय सम्मेलनको मिति र स्थान निर्धारण गर्ने तथा  सम्मेलन सम्पन्न गर्न आवस्यक उपसमितिहरु गठन गर्ने कुरा पनि वयक्तमार्फत जनाइएको छ ।

सम्मेलनका लागि लोक तिवारी संयोजक, दावा शेर्पा उपसंयोजक र दीपु भुसाल महासचिव रहेको समिति गठन गरिएको हो । आयोजक समितिका सदस्यहरुमा प्रेम चौलागाई, श्री पराजुली, विनोद तिवारी, अनिल कुमार पाण्डे, अर्जुन हमाल, राधा शर्मा, हिराकुमार श्रेष्ठ, बिदुर विष्ट, शान्तिराम ढकाल, पारसमणी श्रेष्ठ, राजेन्द्र शेरचन, गोविन्द सिंह ठकुरी, बुद्धीकला खेती, केशव अधिकारी, तोम सिटौला, चेत भट्टराई, नारायणबिक्रम थापा, ज्ञानेन्द्र गुरुङ, शान्ति श्रेष्ठ, ज्ञानेन्द्र गदाल, गंगा चौलागाई, विश्व शाह, निर्मल झा, रञ्जन थापा, खड्का भट्टचन, कृष्ण महत, रुद्र रावत, नरेन्द्र शाह, मीना श्रेष्ठ, कुमार भण्डारी, सप्तबहादुर केसी, आनन्दु लामा, राजन कर्माचार्य र चन्द्र लामा रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा आङकामी शेर्पा, रमा सिंह, ज्ञानु रिमाल, चन्दा शाह, राजा घले, नारायण गुरुङ, रोशन राना, हरि शर्मा, डाक्टर नरकाजी गुरुङ, गणेश मलेगु, किरण खड्का, नेत्रलाल श्रेष्ठ, पूर्णबहादुर पुन, हेमन्त श्रेष्ठ, सुबु केसी, ज्योत्सना राना, अर्जुन केसी, बेदनिधी आचार्य, मनोहर ठकुरी, सीता पाण्डे, विजय शाह, बामदेव अर्याल, लक्ष्मण बस्नेत, मीना गुरुङ र मोहन थापा रहेका छन् ।