७ कार्तिक २०८३, शनिबार

यसकारण लोकमान कार्की र उमेश मैनाली इमान्दार देखिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Sing Karkiकाठमाडौं, ९ माघ । अख्तियार र लोकसेवाका प्रमुखले लिएनन् दोहोरो सुविधा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली दुवैले पेन्सन लिएका छैनन् ।

उनीहरूले संवैधानिक निकायमा रहँदासम्म पेन्सन नलिने घोषणा गरेका थिए । त्यसअघि कार्कीले पूर्वमुख्य सचिव र मैनालीले पूर्वसचिवका रूपमा पेन्सन लिँदै आइरहेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

लोकसेवाका अध्यक्ष मैनालीले निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई पत्र लेखेरै आफूले हाललाई पेन्सन नलिने जानकारी गराएका छन् ।

अख्तियार प्रमुख कार्कीले पेन्सनका लागि नयाँ खाता नै खोलेका छैनन् ।

कार्कीले पेन्सन नबुझ्ने घोषणा गरेकाले खाता नखोलेको हुन सक्ने निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।