७ कार्तिक २०८३, शनिबार

यी हुन् दोहोरो सुविधा लिएर देश लुट्नहरु, सुविधा लिन रोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-sarkar-660x330काठमाडौं, ९ माघ । मन्त्रिपरिषद्ले उच्च पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक लगाएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पारिश्रमिक तथा निवृत्तिभरणको सुविधा व्यवस्थापनसम्बन्धी नयाँ नियम बनाएको छ ।

लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानवअधिकार आयोगलगायतका संवैधानिक निकाय एवं अन्य सार्वजनिक लाभको पदमा नियुक्ति भएका पदाधिकारीले पेन्सन र तलब–भत्ता दुवै लिँदै आएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यी हुन् दोहोरो सुविधा लिएर देश लुट्नहरु

सांसदहरू उदय नेपाली श्रेष्ठ, जनकराज जोशी र रवीन्द्रप्रताप शाहले दोहोरो सुविधा लिएका छन् । पूर्वसचिवहरू श्रेष्ठ एमालेका र जोशी एमाओवादीका सांसद् हुन् ।

त्यस्तै पूर्वआइजिपी शाह एमाओवादीका सांसद हुन् । पूर्वसचिव युवराज भुसाल, पुण्यप्रसाद न्यौपाने, खुमराज पुञ्जाली हाल स्टाफ कलेजमा कार्यरत छन् ।

उनीहरूले स्टाफ कलेजबाट तलब–भत्ता लिइरहेका छन् भने पूर्वसचिवका रूपमा पेन्सनसमेत लिइरहेका छन् । अख्तियारका आयुक्तहरू दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक, लोकसेवा आयोगका सदस्यहरू वृन्दा हाडा, डा। गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, कृष्णचन्द्र झा, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायतले दोहोरो सुविधा लिइरहेका छन् ।