नयाँ दिल्ली, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै जातीय विभेदका कारण आत्महत्या गरेका एकजना भारतीय विद्यार्थीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको छ ।
उहाँले भन्नुभयो– भारतले एक होनाहार छोरा गुमाएको छ, मेरो देशले रोहितलाई गुमाएको छ ।
हैदरावाद विश्वविद्यालयमा विद्यावारिधीका एकजना २६ वर्षीय विद्यार्थी रोहित बिमुलामाथि छुवाछुतको व्यवहार गरी सो विश्वविद्यालयले निष्काशन गरेपछि उनले आत्महत्या गरेका थिए ।
उनी दलित भएकै कारण हैदरावाद विश्वविद्यालयका कतिपय स्थानमा जानबाट रोक लगाएका कारण उनले गत आइतबार आत्महत्या गरेका हुन् ।
उनीसहितका पाँचजना विद्यार्थीलाई सो क्याम्पसले दलित भएकै कारण केही स्थानमा जान रोकेको थियो । बाँकी चार जनाको समर्थनमा हैदरावादमा व्यापक प्रदर्शन जारी छ ।
प्रधानमन्त्री मोदीले आत्महत्या गरेका विद्यार्थी रोहितप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो अपमान भारतका कुनै पनि छोराछोरीले खेप्नु नपरोस् भन्नुभएको हो । रासस/एएफपी















प्रतिक्रिया