१ कार्तिक २०८३, शनिबार

चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्षको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi Jinpingबेइजिङ, ८ माघ । चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको छ ।

उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ ।

उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् । उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको छ ।

चीनको क्षेत्रीय एक अदालतले सरकारले उनीमाथि लगाएको आरोप प्रमाणित भएको भन्दै १९ वर्षको जेल सजाय सुनाएको बताएको छ ।

अधिकारवादी जाङ हाइतोलाई सो जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ । चीनले सरकारको विरोध गर्ने अधिकारवादीलाई यसअघि पनि बारम्बार जेल सजाय सुनाउने गरेको छ ।

चीनको सो सिन्जियाङ प्रान्तमा पछिल्ला वर्षहरुमा समस्या देखिएको छ । त्यहाँ भड्किने गरेको हिंसाका कारण कैयौँको ज्यान जाने गरेको छ । रासस/एएफपी