१४ कार्तिक २०८३, शनिबार

कञ्चनपुरका पत्रकार धामी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saroj-Dhami

महेन्द्रनगर, ८ माघ । कञ्चनपुरका पत्रकार सरोज धामी सम्मानित भएका छन् ।

मानव बेचविखनविरुद्ध विभिन्न स्थानीय तथा राष्ट्रिय संचारमाध्ययमहरुमा निरन्तर रुपमा समाचार प्रकाशनमार्फत नागरिकलाई सूसुचित गर्नमा प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै पत्रकार धामीलाई साथी संस्था कञ्चनपुरले सम्मान गरेको हो ।

मानव बेचविखन नियन्त्रण जिल्ला समिति कञ्चनपुरका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले पत्रकार धामीलाई खादा ओढाई, प्रमाणपत्र दिएर सम्मान गरे ।

पत्रकार धामी लामो समयदेखि सामुदायिक रेडियो शुक्लाफाँटा एफएम र शुक्लाफाँटा दैनिकमा कार्यरत छन् ।