१४ कार्तिक २०८३, शनिबार

बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेको भन्नु गलतः मन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ananda prashad pokhrel

रामेछाप, ८ माघ । संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेल गौतम बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेको भन्नु गलत रहेको बताएका छन् ।

पर्यटकीय क्षेत्र सानो सैलुङसँग जोडिने पुलको सिलान्यास गर्दै शुक्रबार मन्त्री पोखरेलले बुद्धले नेपालमा जन्मसँगै बुद्धत्व प्राप्त गरेको बताएका हुन् । ‘गौतम बुद्धले भारतमा गएर बुद्धत्व ज्ञान प्राप्त गरेको भ्रम यतिखेर विरोधीहरुले विश्वलाई दिइरहेका छन्, यो सरार गलत हो । बुद्धले बुद्धत्व नेपालमै प्राप्त गरेका हुन्’ मन्त्री पोखरेलले भने ।

विश्वमा पारिएको भ्रम चिर्न सैलुङमा बुद्धका परिवारकै मूर्ति निर्माण गरेर भ्यू टावर बनाउन आवश्यक भएको बताउँदै यसमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बौद्ध, काभ्रेको नमो बुद्ध र सैलुङ क्षेत्रलाई बुद्ध सर्किटको रुपमा विकास गरेर विश्व पर्यटक केन्द्रको रुपमा विकास गर्न सरकार लागिरहेको बताउँदै त्यसका लागि स्थानीय स्तरबाट पहल लिन पनि उनले आग्रह गरे । विकासका काममा राजनीति नगरी सबै राजनीतिक पार्टी एकजुट हुन पनि सबै राजनीतिक पार्टीसँग आग्रह गरेका छन् ।

रामेछाप र काभ्रे जिल्लाको सीमानामा पर्ने चौंरी खोलामा बनाउन लागिएको मोटर चल्ने पुल दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जिम्मा ठेकेदारलाई दिइएको छ । निर्माण सम्पन्नपश्चात दुर्गम जिल्ला रामेछापवासीलाई सदा राजधानीसँग जोडिन सहज हुनेछ ।