१४ कार्तिक २०८३, शनिबार

बर्दिया निकुञ्जका गैँडामा रेडियोकलर जोडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaida
गैँडालाई डार्ट (लठ्याउने सुई) प्रहार गरी बेहोस बनाई गैँडामा रेडियो कलर जडान गरीँदै ।

– सुदीप अधिकारी
बर्दिया,८ माघ । बर्दियाको खाता जैविक मार्गमा पर्ने डल्ला सामुदायिक वनमा रहेको एउटा गैँडामा शुक्रबार सेटेलाइट रेडियोकलर जडान गरिएको छ ।

गैँडाको बासस्थान, आहारा र आवागमन थाहा पाउनका लागि रेडियोकलर जडान गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार बर्दिया निकुञ्ज र भारतको कर्तनियाघाट वाईल्डलाईफ सेन्चुरी अन्र्तगतका सिमामा गैँडा कुन बाटो प्रयोग गरी कुन कुन स्थानबाट ओहोरदोहोर गर्छन, गैँडाको वासस्थानको अवस्था कस्तो छ र बस्तीमा गएर कती हानी नोक्सान गर्छन भन्ने बारे नमुनाका रुपमा बैज्ञानिक अनुगमन गर्न गैँडामा सेटलाईट रेडियोकलर जडान गरीएको हो ।

यसअघि २ वटा गैँडामा रेडियोकलर जडान गरि सकिएको छ । रेडियोकलर जडान गरी गैँडाको अनुगमन गर्दा गैँडाको सम्पूर्ण अवस्था थाहा पाउनुका साथै मानव र वन्यजन्तु बिचको द्धन्द्ध न्युनिकरणसमेत सहयोग पुग्ने निकुञ्जको विश्वास छ ।

यो प्रविधीबाट गैँडा अनुगमन गर्न निकै अनुगमन सहज हुन गरेको निकुञ्जको भनाइ छ ।

केही वर्षयता निकुञ्जमा गैँडाको चोरीसिकार शुन्यमा झरेको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या २९ पुगेको छ ।