पर्वत, ८ माघ । हालै बिप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरि बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तीमा गएका पर्वत जिल्लाका केन्द्रिय सदस्य गगन बहादर थापा (प्रदिप) र जिल्ला सदस्य मिनराज केसी (अबिरल) लाई आज नेकपा माओवादी पर्वतले एक बिज्ञप्ती जारी गर्दै जिल्लाका सबै सम्यंन्त्रबाट हटाई र पार्टी कमिटीबाट निष्काशन गरेको जनाइएको छ ।
नेकपा माओवादी पर्वतका जिल्ला सेक्रेटरी हिमालद्धारा एक बिज्ञप्ती जारी गर्दै उनीहरु पार्टीले क्रान्तिकारी कार्यदिशा सहित अगाडी बढिरहेकाबेला पार्टीमा भएका केहि गैरमाक्र्सवादी चिन्तनग्रत ब्यक्तीहरु स्वार्थमा लिनभई आम मुक्तीकामी जनतालाई दिगभ्रमित तुल्याउँदै र पार्टी कार्यकर्तालाई समेत बैचारिक रुपमा स्खलन गराउँदै पार्टी परित्याग गरेको सार्वजनिक भएकोले उनीहरुलाई हाम्रो पार्टीको सबै जिम्माबाट हटाइको बिज्ञप्तीमा उल्लेख छ ।
त्यसतै बिज्ञप्तीमा अगाडी लेखिएको छ, उनीहरु क्रान्तिको महान प्रकृयाबाट कायरता देखाउँदै पार्टीको बिधान बिपरित कार्य गरेकोले उनीहरुलाई हाम्रो पार्टीबाट कार्वाही गरि निष्काशन गरेका छौं साथै उनीहरुको उक्त कार्यबाट आम पार्टी कार्यकर्ता तथा पर्वतबासी आदणीय जनसमुदायहरुमा गद्धार र धोकेबाज पाखण्डीहरुले छर्नेभ्रमबाट बिचलन नहुन हार्दिक अनुरोध गर्दछौं भनिएको छ ।












प्रतिक्रिया