१४ कार्तिक २०८३, शनिबार

त्रिविको विज्ञापनविरुद्ध नयाँ शक्ति विद्यार्थी अभियान आन्दोलनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya sakti

काठमाडौ, ८ माघ । त्रिभुवन विश्वविद्यालयलेप उपप्राध्यापकको लागि खोलिएको विज्ञापनका विरुद्ध नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलनको घोषणा गरेका छन ।

अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा माघ १० गते देशैभरीका आंगिक क्याम्पसका प्रमुखलाई बोधार्थ ज्ञापन बुझाउने, ११ गते सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विरोध प्रर्दशन गर्ने, १० देखि १२ गतेसम्म त्रिवि सेवा आयोग अगाडि धर्नासहित हस्ताक्षर संकलन गर्ने, १२ देखि १३ गतेसम्म सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने, १३ गते संकलित हस्ताक्षर सेवा आयोगलाई बुझाउने, १४ देखि १६ गतेसम्म क्याम्पसमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने रहेको छ ।

पत्रकार सम्मेलनमा अभियानकि संयोजक ओमकुमारी पौडेलले करारमा रहेका आफ्ना निकटकाहरुलाई स्वतह स्थायी गर्न विज्ञापन ल्याईएको भन्दै यसले विश्वविद्यालयलाई धारासायी बनाउने दावी गरिन ।