
खुल्लापत्रः काठमाडौ महानगरपालिकाको हालै बसेको बैठकले निर्णय गरेका बिभिन्न कार्यतालिकाको बारेमा म स्थानिय जनताको हैसियतले चासो सहित केही लेख्दैछुँ ।
(१) भोताहिति बाट बाग-बजार जाने शान्तिबाटिका अगाडीको अति ब्यस्त सडकलाई बन्द गरेर त्यहाँ टेनिस कोर्ट र भलिबल कोर्ट बनाउने भनिएको छ । यो बुध्दिमानी कुरा होइन । सडक नपुगेर जनताको घर-खेत लिएर बिभिन्न ठाउमा सडक बनाउँदै आएको आजको अवस्थामा चालू बाटो नै बन्द गर्दा झन समस्या बढ्छ ।
(२) काठमाडौको मुटुमा प्रताप मल्लले बनाएको ऐतिहासिक न्हूपुखू (हाल रानीपोखरी) लाई १० करोद खर्चेर आधुनिक ढंगले बनाउने भनेर निर्णय गरेको छ । भुकम्पले बिगारेको पुरातात्विक महत्वको सम्पदाको मर्मत गर्नु पर्छ, तर स्वरुप परिवर्तन गर्नु हुन्दैन ।
(३) आजभोली पीच गर्ने, जमीनमा ढुंगा छाप्ने, सिमेन्ट प्लास्टर गर्ने आदि कामले गर्दा आकाशे पानी जमीन भित्र जान बन्द भएर जमिन मुनीको पानीको सतह घट्दैछ । यस्तो अवस्थामा टुँडीखेलको खुल्ला मञ्च अगाडीको अलि बचेको घाँसे मैदानमा पनि रंगी-चंगी टायल बिछाएर जमीन मुनी जाने आकाशे पानी रोक्ने निर्णय गरेको छ जुन वातावरण अनुकुल छैन ।
(४) काठमाडौँ दरबार क्षेत्रमा आउने पर्यटकहरुलाई भुकम्प अगाडी रु. ७५० प्रबेश शुल्क लिने गरेको थियो । हालैको भुकम्पले यस क्षेत्रको धैरै सम्पदा बिगारेको छ, जसले गर्दा पर्यटक पनि घटेको छ । यस्तो अवस्थामा प्रबेश शुल्कलाई झन बढाएर रु. १,००० गरेर पर्यटकलाई हतोत्साह पारेको छ ।
(५) हरेक वडामा एउटा पार्क बनाउने भन्ने कामपाको निर्णय भने स्वागत गर्न लायक छ ।
(६) त्यस्तै काठमाडौको नक्साल स्थित नाराएण चौरलाई “हराभरा” बनाएर सुन्दर पारिएको छ, यो अति सराहनिय काम हो ।
(७) कमलपोखरीको संरक्षण गर्ने काम भएको छ, यो अति राम्रो कुरो हो । धेरै ठाउँमा पोखरीहरु नाश गरेर कंक्रिटको जंगल खडा गरिरहेको यस्तो अवस्थामा यस्तो संरक्षणको कामले वातावरणलाई सुन्दर पार्न मद्दत गर्छ ।
(८) नदीको फोहर बाट ग्याँस र मल निकाल्ने काम हुन लागेको छ, कामपाको यो निर्णय सारै राम्रो छ ।
एउटा स्थानिय जनताको नाताले कामपाले गरेको राम्रो कामको सराहना गर्न र नराम्रो कामको गुनासो ब्यक्त गर्नको लागि यो पत्र लेखेको हुँ धन्यवाद ।
दिपक तुलाधर
दरबार मार्ग ।












प्रतिक्रिया