२९ आश्विन २०८३, बिहिबार

बिरामी पर्नुभयो ? अब घरमै बसेर गर्नुस् सजिलो उपचार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-health-day-1-copy-copyकाठमाडौ । आधुनिक समयमा मानिस अति व्यस्त हुन थालेको छ ।

मेसिन झै २४ सै घण्टा खटिइनुपर्ने बाध्यताले भनेको समयमा भनेअनुसार परिवारजनलाई समय दिन पनि व्यस्त मानिसहरु भ्याउँदैनन् । शहरी क्षेत्रका व्यस्त वर्गलाई आफ्नो परिवारलाई समय व्यवस्थापन गर्न हम्मे हम्मेपर्छ ।

अझ शहरी वर्गका जागिरे छोराबुहारी भएको घरका जेष्ठ नागरिकको उचित स्याहारसुसार तथा हेरविचार बढी नै चुनौतिपूर्ण हुने गर्दछ । छोराबुहारी नै जागिर वा आफ्नो व्यवसायमा व्यस्त हुनुपर्ने, जेष्ठ नागरिकहरुलाई हेरचाह गर्ने इमानदार र भरपर्दा व्यक्ति समेत नपाइने समस्याका कारण विकसित देशहरुमा जेष्ठ नागरिकहरुको घरपरिवारका सदस्यले झै हेरचाह गर्ने केयरहोमहरु बग्रेल्ती खुल्ने गर्छन ।

यस्तै केयरहोम नेपालमा पनि खुल्न थालेका केही बर्ष भयो । तर व्यवस्थित ढंगले संचालन भएका केयर होम निकै कम छन् । यस्तै गुणस्तरीय सेवा दिने, जेष्ठ नागरिकहरुलाई घरको झै स्याहारसुसार र हेरचाह गर्ने सीमित संख्याका केयर होम सेन्टरमध्ये काठमाण्डौको बाँसबारीको अर्किड केयर होमले पृृथक परिचय बनाएको छ ।

काठमाडौमा खुलेका केही केयर होमले जेष्ठ नागरिकलाई राखेर सामान्य हेरचाह मात्र गर्छन । तर, अर्किड केयर होमले आफ्नो केन्द्रमा ३० जना जेष्ठ नागरिकलाई उच्चस्तरीय सेवा दिने गरेको छ । यतिमा मात्र सीमित छैन अर्किडको सामाजिक कार्य । अर्किड केयर होमले हालसालैदेखि मोवाइल स्वास्थ्य सेवा पनि उपलब्ध गराउन थालेको छ ।

के हो त यो मोवाइल स्वास्थ्य सेवा ? अर्किड केयर होमकी संचालक यमूना कट्वालले भनिन्–‘हामीले हालै यो सेवा बिस्तार गरेका हौ । तपाईं काममा व्यस्त हुनुहुन्छ र त्यही समय तपाईका घरका जेष्ठ नागरिकलाई कुनै स्वास्थ्य समस्या आए हामीलाई एकफोन गरिदिए, हाम्रो मेडिकल टिम एम्बूलेन्सलिएर तपाईको घरमै पुगेर तपाईका बुबाआमा वा परिवारका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन्छौ ।’ मोवाइल स्वास्थ्य सेवाका लागि दक्ष चिकित्सक र नर्ससहितको मेडिकल टिम २४ सै घण्टा तयारी अवस्थामा बस्ने र कसैले खबर गरे लगत्तै भनिएको ठाउँमा पुगेर जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिइने कट्वालले बताइन् ।

अर्किड केयर होमले विगत ७ बर्षदेखि जेष्ठ नागरिकहरुको सुरक्षित, सम्मानित जीवन यापनको सवालमा वकालत समेत गर्दै आइरहेको छ । महंगो जमानामा घरपरिवारको दैनिक आवश्यकता टार्नैका लागि जिम्मेवार व्यक्तिहरु अधिक समय व्यस्त हुनुपर्दा घरका जेष्ठ नागरिकले एक्लो महसुस गर्ने र यस्तो परिवारका जेष्ठ नागरिकलाई केयरहोममा राखेर घरकै वातावरण दिइने पनि कट्वालले जानकारी दिइन ।

अर्किड केयर होमले विगत लामो समयदेखि बूढेसकालमा हुने अल्जाइमर्स र डिमेन्सिया लगायतको समस्याको बिषयमा समेत गृहिणीलाई लक्षित गरी तालिम संचालन गरिरहेको छ ।

‘विश्वमा जेष्ठ नागरिकको समस्याको मुद्धालाई गम्भीर रुपमा लिइन्छ ।’ कट्वालले भनिन्–‘तर नेपालमा यो इस्यू छायामा परेको छ, जेष्ठ नागरिकहरुलाई धर्तिको बोझ भन्दा पनि अनुभवको खानीको रुपमा उहाँहरुले भोगेको जीवनबाट हामीले नयाँ कुरा सिक्न सक्छौ ।’

उनका अनुसार केयरहोम मात्र संचालन गर्दा जेष्ठ नागरिकमा केन्द्रीत सेवा चार दिवालभित्र सीमित हुने भएकोले आधुनिक एम्बूलेन्ससहितको मेडिकल टिम तयार गरी घर घरमा सेवा बिस्तार गर्न लागिएको हो । आगामी दिनमा जेष्ठ नागरिकको हित तथा सेवाको बिषयमा अन्य कार्यक्रम समेत ल्याइने उनले जानकारी दिइन ।