१४ कार्तिक २०८३, शनिबार

यातायात सुचारु हुन नपाउँदै फेरि बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus

महेन्द्रनगर (धनुषा), ८ माघ । जनकपुरमा मधेस आन्दोलनको प्रभाव न्यून हुँदै गई बजार, उद्योग, शिक्षणसंस्था यहाँसम्म कि माघ ६ गते बुधबारदेखि निर्बाधरुपमा जनकपुरबाट सार्वजनिक यातायात सेवासमेत सञ्चालन भइसकेको अवस्थामा पुनः आजदेखि आन्दोलन चर्केपछि जनजीवन प्रभावित भएको छ ।

प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीचको मोरङको रङ्गेलीमा भएको झडपमा प्रहरीको गोली लागी माघ ७ गते तीनजनाको मृत्यु भएको घटनाको विरोधमा पुनः आजदेखि जनकपुरको माहोल बिग्रेको छ ।

राम्रोसँग सञ्चालन हुन नपाउँदै पुनः आजदेखि यातायात सेवा ठप्प बनाइएको छ । मोर्चाका कार्यकर्ताले जनकपुरमा बिहानदेखि नै प्रमुख चोकमा टायर बालेर प्रदर्शन गर्दै यातायात, बजार, शिक्षण संस्था, वित्तीय संस्था तथा बैंक सबै बन्द गराएका छन् ।

मोर्चाका कार्यकर्ताले मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएर फुल ट्याङ्की पेट्रोल भएको मोटरसाइकलबाट पेट्रोल झिकेर सडकमा पोखेर आगो लगाई नष्ट गर्ने गरेका छन् । जनकपुरको रमानन्द चोक र पिडारी चोकमा सय लिटरभन्दा बढी पेट्रोल नष्ट गरिएको छ । रासस