७ कार्तिक २०८३, शनिबार

आफ्नो दरबन्दीमा नजाने कर्मचारीको तलव र भत्ता काटिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha_Sharma-Finalकाठमाडौं, ८ माघ । सामान्य प्रशासन मन्त्रालयले काजमा कर्मचारी खटाउने सबै मन्त्रालयलाई कडा परिपत्र गरेको छ ।

काजमा खटाइएका कर्मचारीलाई तीन दिनभित्र फिर्ता नगरेमा त्यसपछिको तलबभत्ता सम्बन्धित मन्त्रालयले बेहोर्नु पर्ने परिपत्र मन्त्रालयले बिहीवार जारी गरेको हो ।

गृह, संघीय मामिला तथा स्थानीय बिकास, स्वास्थ्य र अर्थ मन्त्रालयमा धेरै कर्मचारी काजमा रहेको समान्य प्रशासनले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

पटक पटक ताकेता गर्दा पनि काजमा खटाइएका कर्मचारीलाई फिर्ता नगरेका कारण चेतावनीयुक्त परिपत्र जारी गर्नु परेको सामान्य प्रशासनका एक अधिकारीले बताए ।

काजमा खटाउँदा ऐनको दखफा १८ का विपरीत भएमा काज खटाउने पदाधिकारीबाट ऐनको दफा १८ क (३) बमोजिम काज खटी जाने कर्मचारीले खाइपाई आएको तलबभत्ता सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाउने परिपत्रमा उल्लेख छ ।