१४ कार्तिक २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड भ्रमणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ७ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह विहीबारदेखि थाइल्याण्ड भ्रमणमा निस्किएका छन् ।

निजी भ्रमण भन्दै पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १ बजेको उडानबाट एक्लै थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका हुन् ।

सुरक्षा गार्ड र केही सहयोगीसाथ विमानस्थल पुगेका उनले पत्रकारलाई प्रतिक्रिंया दिन मानेनन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले बैंककमा चीन र भारतका उच्च अधिकारीसँग नेपालको पछिल्लो परिस्थिती र राजसंस्थाको पुनर्स्थापना सम्भावनाबारे छलफल गर्ने बताइएको छ ।