
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा रहेको संविधान संशोधन पारित हुनासाथ भारतले जारी राखेको नाकाबन्दी खुल्ने बताएका छन् ।
बुधबार पाँचदलीय बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संशोधन प्रस्तावको प्रक्रिया अघि बढ्नासाथ नाकाबन्दी खुल्छ । यस विषयमा भारतसँग गोप्य सहमति भएको छ ।’
ओलीले उक्त सहमति कुन स्तरमा केकस्तो प्रक्रियाबाट भएको हो भन्नेबारे नबताएको स्रोतले उल्लेख गर्यो । बैठकमा प्रधानमन्त्री ओलीले जसरी हुन्छ, संशोधन प्रस्तावमा अधिकतम लचकतासाथ पारित गर्न नेताहरुसँग आग्रह गरेका थिए ।
मधेसी मोर्चासँग सहमति भएपनि नभएपनि माघ ९ गते संशोधन विधेयक पारित तयारी प्रमुख दलहरुको रहेको छ । यसमा कांग्रेस र एमाओवादीले ह्वीप जारी गरिसकेका छन् ।
त्यसकारण ९ गतेपछि नाकाबन्दी खुल्ने प्रवल सम्भावना छ । अन्नपूर्ण पोस्टमा खबरर छ ।















प्रतिक्रिया