७ कार्तिक २०८३, शनिबार

बैंकहरुलाई मधेसी मोर्चाको कडा उर्दी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha (2)वीरगन्ज । आन्दोलनरत मधेस केन्द्रित दलहरुले तराई–मधेसमा जारी बन्दहड्ताल अवधिभरको ऋणको व्याज र किस्ता नउठाउन पर्सा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थालाई उर्दी जारी गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी मोर्चाले मधेसमा आन्दालन जारी रहेसम्म ऋणीसँग ब्याज र किस्ता असुलीका लागि ताकेता नगर्न संयुक्त उर्दी जारी गरेका हुन् ।

ऋण लिएका किसान, सर्वसाधारण र उद्योगी व्यापारीलाई बैंक र वित्तीइ संस्थाले ब्याज र किस्ता बुझाउन पटकपटक ताकेता गर्दै आएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।