३० आश्विन २०८३, शुक्रबार

पर्वत सेवा समाज इजरायलको अध्यक्षमा सुवेदी (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isriyal-parbat-samaj (4)

इजरायल । नेपालको पर्वत जिल्लामा घर भई रोजगारीको क्रममा इजरायलमा रहेका पर्वतबासीहरु आबद्ध पर्वत सेवा समाज इजरायलको प्रथम वार्षिकउत्सव तथा अधिवेशन सम्पन्न भएको छ ।

सो कार्यक्रम गएको शुक्रबार इजरायलको तेलअभिव यशोधामालामा सम्पन्न भएको हो । अधिवेशनले अनिरुद्र सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।

नवगठित कार्यसमितिकोे वरिष्ठ उपाध्यक्षमा अर्जुन पौडेल ‘गाउँले’ तथा उपाध्यक्षमा नरेन्द्र क्षेत्री चयन भएका छन् भने महासचिवमा दिया चापागाई तिवारी, सचिवमा दीपक क्षेत्री, कोषाध्यक्षमा हिरादेवी श्रेष्ठ र सहकोषाध्यक्षमा शान्ता सुवेदी चयन भएको समाजले जनाएको छ ।

यसैगरी सदस्यहरुमा कुसुम कुमाल, साबित्री गौडेल, नारायण गौडेल, राधा जोशी, सुशीला हमाल, निर्मला सुवेदी, कोपिला भुसाल र गायत्री रेग्मी रहेका छन् ।

समाजमा चारजना सल्लाहकार रहने प्रावधान भएपनि हाल एकनारायण सुवेदी र कृष्ण लम्साल चयन भएका छन् । बाँकी दुई जनालाई पछि चयन गर्ने नवनिर्वाचित महासचिव दिया चापागाई तिवारीले जानकारी दिईन् ।

कार्यक्रमका प्रमुख अतिथि इजरायलका लागि नेपालका राजदूत प्रल्हादकुमार प्रसाई रहेका थिए । कार्यक्रममा बोल्दै राजदूत प्रसाईले पर्वत सेवा समाज इजरायलले स्थापनाको छोटो अवधिमै आफ्नो गाउँठाउँ तथा समाजका लागि उल्लेखिय काम गरेको भन्दै अझै निरन्तरताको कामना गरेका थिए ।

एक वर्षअघि स्थापित पर्वत सेवा समाजले जिल्लामा दैबीप्रकोपबाट पीडित, असहाय, अशक्त दीनदुखीहरुलाई आर्थिक लगायतका सहयोग गर्दैआएको महासचिव चापागाईले बताइन् ।

समाजका अध्यक्ष भोजराज क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन निवर्तमान कार्यसमितिकी महासचिव दिपिका भुसाल गरेकी थिइन भने स्वागत मन्तब्य नवनिर्वाचित महासचिव दिया चापागाई तिवारीले गरेकी थिइन ।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्षेत्रीले कार्यक्रम सफल पार्न सहयोग गर्ने समाजका सम्पूर्ण पदाधिकारी, विभिन्न संघसंस्था तथा अतिथि लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए ।

त्यस्तै, कार्यक्रममा पर्वत सेवा समाजलाई सहयोग गर्ने समाजसेवी तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो भने कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए ।

Isriyal-parbat-samaj (1)
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै राजदूत प्रसाई ।
Isriyal-parbat-samaj (2)
कार्यक्रममा सहभागीलाई स्वागत मन्तब्य सहित स्वागत गर्दै नवनिर्वाचित महासचिव चापागाई ।

Isriyal-parbat-samaj (3) Isriyal-parbat-samaj (4)