१४ कार्तिक २०८३, शनिबार

तीन मन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ek-Nath-Dhakalकाठमाडौँ, ६ माघ । तीन जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकाल, राज्यमन्त्री दिपनारायण साह र खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आ–आफ्नो सम्पत्ति विवरण बुझाउनु भएको हो ।

मन्त्री ढकालको गोरखा बोर्लाङ गाविस–६, ऐरिभञ्ज्याङमा करिब एक रोपनी जग्गामा घर र सोही स्थानमा १५ रोपनी पैतृक सम्पत्ति छ । बोर्लाङको घरजग्गा मायानाथ ढकालको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यसैगरी चितवन जिल्ला कालिका नगरपालिका–४ मा करिब एक कट्ठा पैतृक जग्गामा बनेको घर र १० कट्ठा जग्गा छ । चितवनको घरजग्गा धर्मप्रसाद ढकालका नाममा छ । काठमाडौँ महानगरपालिका–४ मा पारिवारिक स्वआर्जन तथा ऋण सापटीबाट चारआना जग्गामा घर जोडिएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री ढकालसँग पैतृक स्रोतबाट प्राप्त ११ तोला सुन र दुई किलो चाँदी छ । विभिन्न बैंक र सहकारी संस्थामा उहाँको नाममा रु छ लाख ४० हजार स्वआर्जित नगद छ । त्यसैगरी विभिन्न कम्पनीमा मन्त्री ढकालकै नाममा रु ८४ लाखको सेयर रहेको विवरणमा उल्लेख छ । उहाँसँग विदेश जाँदा सटही गरेको पाँच हजार अमेरिकी डलर समेत छ ।

राज्यमन्त्री साहको सम्पत्ति

शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दिपनारायण साहको महोत्तरीको सम्सी गाविस– ८ मा क्रमशः १०, ५ र १५ कोठाको तीनवटा पक्की घर छ । उहाँकै नाममा सम्सी, बहादुगञ्ज शिवभक्ति खोर गौशाला गाविस र जलेश्वर नगरपालिकामा १० वटा फरक÷फरक कित्तामा गरी करिब तीन बिघा जग्गा छ । मन्त्री साहकै नाममा कृषि र व्यापारबाट आर्जित ७० तोला सुन एवम् दुई किलो चाँदी छ ।

उहाँका नाममा विभिन्न बैंकमा रु पाँच लाख नगद भएको विवरणमा उल्लेख छ । यसैगरी महोत्तरीको गौशालामा जयशङ्कर आयल स्टोर्स, एक ट्र्याक्टर र मोटरसाइकल समेत छ ।

राज्यमन्त्री यादवको सम्पत्ति

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको नाममा बाँकेको लक्ष्मणपुर गाविस–७ मा चार कट्ठा जग्गा र नेपालगञ्ज उपमहानगरपालिका– १३ मा एक कट्ठा आठ धुर जग्गामा निर्माण भएको पुर्खौली घर छ । बाँकेकै लक्ष्मणपुर– २ र ७ मा पाँच बिघा दुई कट्ठा सात धुर एवम् कम्दी गाविस –८ मा एक बिघा दुई कट्ठा तीन धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उहाँको नाममा पैतृक स्रोतबाट प्राप्त २५ तोला सुन र साढे दुई किलो चाँदी छ । मन्त्री यादवको नाममा ट्र्याक्टर, दुई नाले बन्दुक एक थान र भरुवा बन्दुक एक थान एवम् गाईभैँसी समेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । रासस