१४ कार्तिक २०८३, शनिबार

कञ्चनपुरमा छोरी मार्ने सौतेनी आमा जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-map

कञ्चनपुर, ६ माघ । सौतेनी छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा पक्राउ परेकी कञ्चनपुर वेदकोट नगरपालिका शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई आज पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

आठ वर्षीया छोरी लक्ष्मी पन्तलाई विष खुवाएको आरोपमा डम्बरालाई प्रहरीले पुस ७ गते चौधर नदी किनारामा शव गाडनै लागेका बेला पक्राउ गरेको थियो ।

घटनाबारे लामो अनुसन्धान र बहसपछि पक्राउ परेकी पन्तलाई पूर्पक्षका लागि अदालतको आदेशमा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले बताउनुभयो । रासस