१४ कार्तिक २०८३, शनिबार

मुसहर बस्तीको लागि बेलायतको सलादमास्टरबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhurmus-suntali-help-1

महोत्तरी, ६ माघ । महोत्तरीको मुसहर बस्तीका लागि बेलायतको सलादमास्टरबाट सहयोग प्रदान गरिएको छ ।

मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएका एबम गरिबीका कारण बिहान–बेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले घर निर्माण एबम खाध्य सामाग्री तथा सिरक डस्ना वितरण कार्यमा बेलायतस्थित अमेरिकन कम्पनी सलादमास्टरबाट पनि सहयोग पठाइएको हो ।

बेलायतको बेइजिंगस्टोकस्थित सलादमास्टर कम्पनी एस फोर यु हेल्थी लाइफ लिमिटेडका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठका अनुसार केहि दिन अगाडी पत्रपत्रिकामा महोत्तरीका मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएकाहरुलाई चर्चित टेलिशृंखला ‘मेरी बास्सै’का कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरेले सहयोग वितरण गरिरहेको समाचार प्रकाशन भएपछि सहकार्यका लागि सिताराम कट्टेलसंग फोन सम्पर्क गरि पचास हजार रुपैया सहयोग रकम पठाएका हुन् ।

कम्पनीले यसअघि पनि भूकम्पले घर भत्किएका ओखलढुंगा जिल्लाका भूकम्प पीडितहरुलाई घर बनाउन जस्ता–पाताको लागि एक लाख रुपैया सहयोग प्रदान गरेका थियो ।

गरिब एबम पीडितहरुको सहयोगार्थ कलाकारद्धयले चलाएको यस अभियानमा थप सहयोग पुर्याउने सम्बन्धमा कुराकानी भएको कुरा कम्पनीका प्रवन्ध निर्देशक श्रेष्ठले बताए ।