
अत्तरिया, ६ माघ । अत्याधिक चिसो वढी रहेका वेला अत्तरिया नगरपालिकाको वडा नम्वर ११, १२ र १३ का ३० जना वृद्धवृद्धाले मंगलवार नयाँ कम्वल पाएका छन ।
यस्तो चिसोमा कम्वल पाइयोे ८१ वर्षिय नन्दराम ओझाले भने जाडोमा यस्तो उपहार कसैले दिएका थिएनन यसपाला पाइयो खुसी लाग्यो ।
७७ वर्षिय लालूराम चौधरी पनि नयाँ कम्वल पाउदा खुसी देखिन्थे । उनले ओढेरै कम्वल लगेका थिए । वृद्धा गहनु चौधरीले पनि कम्वलले जाडो काट्न सजिलो हुने बताइन ।
विपद् उत्थानशिलतामा जेष्ठ नागरिकको सहभागिता परियोजना अन्र्तगत फाया नेपालले साविकको गेटा गाविस हाल अत्तरिया नगरपालिका ११, १२ र १३ का ३० जना वृद्धावृद्धाले कम्वल पाएका हुन ।
वृद्धवृद्धालाई अत्तरिया नगरपालिकाका कार्यकारी प्रमुख देवराज चौलागाई , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, ज्येष्ठ नागरिक समूहका अध्यक्ष भेदूप्रसाद चौधरी र पत्रकार नवराज पनेरुले कम्वल वितरण गरेका थिए ।
सो अवसरमा वोल्दै अत्तरिया नगरपालिकाका कार्यकारी प्रमुख चौलागाईले वृद्धवृद्धा राज्यको गहना भएको चर्चा गर्दे उहाँहरुको लामो योगदान र अनुभवबाट केही सिक्नु पर्ने वताए । उहाँहरुलाई सम्मान गर्नुपर्ने राज्यको दायित्व हो भन्ने मान्यताले सरकारले वृद्ध भत्ता दिदै आएको पनि प्रमुख चौलागाईले स्मरण गरे ।
विपद् उत्थानशिलतामा जेष्ठ नागरिकको सहभागिता परियोजनाका संयोजक सुरज परियारले विपद्मा आवश्यक पर्ने २३ प्रकारका विभिन्न सामाग्री नगरपालिकालाई दिने वताए । यसअघि चौमाला, उर्मा र फुलवारीमा कम्वल सहितका विपद सामाग्री दिइसकेको पनि उनले जानकारी दिए ।












प्रतिक्रिया