१४ कार्तिक २०८३, शनिबार

गगन थापालाई परदेशीको खुल्लापत्र !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapa-400

– माननीय गगन थापाज्यू

तपाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि निकै आक्रोशित भएको खबर सुन्दा केही लेख्न मन लाग्यो । हो बाबुरामले अनुमतिविनै तपाईको नाम जोड्नु गलत छ तर, तपाईले म कांग्रेसबाहेक अरु सोच्न सक्दैन् भन्नु गलत छ ।

तपाईलाई ब्यक्तिगत रुपमा त्यस्तो केहि भन्नु छैन !

तर, जनकपुर-जयनगर चल्ने पुरानो रेल जस्तो कांग्रेस पार्टीमा बसेर गगन थापाले आफ्नो energy harness गर्न अगाडीको यात्रा धेरै कठिन छ !

त्यसको पछाडी परिवर्तित संसारको dynamics ले भिडको मास-मनोविज्ञान (Psychology)लाइ कसरी परिवर्तन गरेको छ बुझुनु जरुरी छ !

१) एक कोषिय जीवलाई बहु-कोषिय जीवमा evolve हुन झन्डै २ बिल्लियेंन बर्ष लागेको थियो !
२) त्यसपछि, पहिलो स्तनधारी (mammals) जीवलाई हाम्र पुर्खा Homo Sapiens मा evolve हुन झन्डै २ लाख बर्ष लागेको थियो !
३) झन्डै ५० हजार बर्ष अघि, पुरानो आगो बाल्ने प्रबिधि बाट अन्य पुरानो प्रबिधि पत्ता लगाउन झन्डै १ हजार बर्षको फालसा लाग्ने गर्थ्यो !
४) अमेरिकामा टेलीफोनको आविष्कार पछि १० % बाट ५० % मान्छेहरुको घर-घरमा पुग्न ३० बर्ष लागेको थियो !
५) अमेरिकामा कम्प्युटरको आविष्कार पछि १० % बाट ५० % मान्छेहरुको घर-घरमा पुग्न ११ बर्ष लागेको थियो !
६) अमेरिकामा मोबाइल फोन र इन्टरनेटको आविष्कार पछि १० % बाट ५० % मान्छेहरुको घर-घरमा पुग्न ६ बर्ष लागेको थियो !

२ बिलियन बर्ष -> २०० मिलियन बर्ष -> १ हजार बर्ष -> ३० बर्ष -> ११ बर्ष -> ६ बर्ष !!!!!

माथिको fact हरुलाइ अवलोकन गरौ ! Evolution जसरी अगाडी अगाडी बढ्दैछ, बस्तु, र सेवाको replacement (प्रतिसथापन) द्रुत (exponentially) हुँदै आइरहेको छ र त्यसको फैलावट (penetration)को समय पनि घट्दै घट्दै आइरहेको छ ! त्यसको impact भिडको मनोविज्ञानमा सिधा सिधा पर्छ, किनकी भिडको मनोविज्ञानलाई यस्तो बनाई दिन्छ कि नया नया बस्तु, सेवा, idea, बिचार, र प्रणालीहरुको प्रयोगहरुको छिटो छिटो अपेक्षा गर्छ !

कांग्रेस र एमाले पार्टी टाइप राइटरको जमाना अघिको बुढो गलेको थाकेको पार्टी हो ! कुनै पनि संस्था जति पुरानो हुन्छ त्येतिनै धेरै vested interest समुहहरु हुन्छन ! त्यो थोत्रा vested interest समुहहरु जब परिवर्तनलाई catch up गर्न सक्दैन त्यति नै rigid बनेर जान्छ – अनि झन बुढी dysfunctional हुन्छ !

आजको नेपाली नया पुस्तालाइ Malcolm Gladwell ले energize गरिरहेको छ खुल्ला संसारमा, हाम्रा थोत्रा बुढाको राजनीतिक दर्शन र जीवनीले excite गर्दैन ! केहि गतिलो कुरा दिएको भए पो गर्छ ??

अर्काे प्रसंग: जुन दिन गगन थापाले कांग्रेस पार्टी छोड्छ त्यो दिन बल्ल गगन थापालाइ नयाँ पुस्ताले स्वीकार्छ !
भ्रस्ट खुरापाती कांग्रेस संग जोडिएकोले गगन थापालाई नयाँ पुस्ताले स्वीकार्न सकेको छैन !

मोरङको कोइराला कांग्रेसीहरुले कहिले पनि काठमान्डूमा जन्मेको हुर्केको रैथाने नेता गगन थापालाई सफल हुने दिने छैन – History will repeat again again !

तराईमा शक्ति खोसिएको कांग्रेस पार्टीले अब नेपालको राजनीति dominate गर्न सक्दैन !

जति छिटो कुरा बज्यो त्यति राम्रो ! नया जीवनको अग्रिम शुभकामना !!

बिरबिक्रम तामाङ्ग (नेपाली छोरा)