काठमाडौं, ६ माघ । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् ।
हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्वश्रमस्वीकृतिका लागि फाइल पेस गरेको समाचार कारोबार दैनिकले छापेको छ ।
म्यानपावर एजेन्सीमार्फत हाउस मेडको माग पहिलोपटक आएको हो ।
वैदेशिक रोजगार काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले विभागमा पेस भएकामध्ये ५० प्रतिशत मागमा पूर्वश्रमस्वकीृत दिइसकेको बताए ।
एक लट कामदार पठाइसकेपछि मात्र अर्को लटमा थप पूर्वश्रमस्वकीकृति दिइने उनले बताए ।
खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक दुई सयदेखि दुई सय ५० डलरसम्म रहेको छ ।















प्रतिक्रिया