७ कार्तिक २०८३, शनिबार

कांग्रेसको क्रियाशील सदस्यता मरेका मान्छेलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CNकाठमाडौं, ६ माघ । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फाराम नै नभरेकालाई समेत क्रियाशील सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक र धेरै संख्यामा क्रियाशील सदस्यको सूची आएपछि खैलाबैला भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कांग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशीलहरुको सूची सार्वजनिक भएको बताए ।

भक्तपुरको साविक बालकोट गाविस ९ बस्ने थीरकुमारी कार्कीको निधन भएको ६ वर्ष भएपनि उनको पनि क्रियाशील सदस्यमा नाम परेको छ ।

चक्रधरका अनुसार अन्य पाँच ६ जना पनि मरेका व्यक्तिहरु परेका छन् ।

हाल राप्रपा नेपालको भक्तपुर जिल्ला सचिव रहेका मुकुन्द कार्कीको नाम पनि कांग्रेसको क्रियाशील सदस्यमा आएको छ ।