१४ कार्तिक २०८३, शनिबार

विराटनगरमा प्रहरीका सब-इन्सपेक्टरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeपानीट्याङ्की (मोरङ), ५ माघ । विराटनगर उपमहानगरपालिका–३ मुनालपथमा आज भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षकको मृत्यु भएको छ ।

कोसी राजमार्गस्थित मुनालपथमा आज अपराह्न दक्षिणतर्फ गइरहेको ना २ ख ७९९७ नम्बरको ट्रकले को १८ प ७८८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर–४ का सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल मोरङमा कार्यरत ३७ वर्षीय सशस्त्र प्रहरी नायब निरीक्षक जनार्दन तिम्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस