१४ कार्तिक २०८३, शनिबार

ट्रेड युनियन कांग्रेसको भेला कञ्चनपुरमा, नाई संघको तदर्थ समिति गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-logo

महेन्द्रनगर, ५ माघ । नेपाल ट्रेड युनियन कांग्रेसको जिल्लास्तरीय भेला कञ्चनपुरमा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न भेलाले रामसोफारत ठाकुरको अध्यक्षतामा युनियन अन्तर्गतको नाई संघको कञ्चनपुर तदर्थ समिति गठन गरेको छ । नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा सम्पन्न भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा टेकलाल ठाकुर, सचिवमा आनन्द कुमार ठाकुर, सहसचिवमा सञ्जय ठाकुर, कोषाध्यक्षमा धर्म ठाकुर चयन भएका छन् ।

यसैगरी तदर्थ समितिको सदस्यहरुमा किशोरलाल चौवाली, मोहम्मद एकवाल सलमानी, मोहमद बसिम सलमानी, मोहमद सकिल सलमानी, मोहमद हसनान सलमानी, मोहमद लई सलमानी, मुस्ताक अहमद सलवानी, राज सलमानी, सन्तोष ठाकुर र चिसुपान ठाकुर रहेका छन् ।

ट्रेड युनियन कांग्रेस जिल्ला सभापति पुष्पराज भट्टको अध्यक्षतामा आयोजित भेलाका प्रमुख अतिथि सांसद बहादुर थापाले तदर्थ समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै मजदुरको अधिकार प्राप्तिका लागि पहल गर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै विशिष्ट अथिति ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उदय प्रकाश साउँद, अतिथि कांग्रेस जिल्ला सचिव पदम बोगटी, कांग्रेस महिला विभाग केन्द्रीय सदस्य निलम लेखक जोशी, महिला संघ सभापति मुध भारती, ट्रेड युनियन क्षेत्रीय कोषाध्यक्ष पदम अवस्थी, केन्द्रीय विभाग सदस्य अनिता मडै, कलाकर्मी संघ केन्द्रीय समिति सदस्य रमिता देउवा कांग्रेस क्षेत्रीय सभापति दिवाकर पाण्डे, शिक्षक संघका पूर्व अध्यक्ष लालमणी पाण्डेयले मजदुर र श्रमिकका हकहित र अधिकारबारे आ–आफ्नो मन्तव्य राखेका थिए ।

ट्रेड युनियन कांग्रेसका कञ्चनपुर सचिव देवराज जोशीले सञ्चालन गरेको भेलामा जिल्लाभरीका पाँच सय मजदुरको सहभागिता थियो ।