काठमाडौं, ३१ असार । नेकपा एमालेको महाधिवेशनमा सचिव जितेका गोकर्ण विष्ट म्यान अफ दि इलेक्सन भएका छन् ।
एमालेका २१५२ प्रतिनिधि मध्ये विष्टले सर्वाधिक १२०७ मत ल्याए । त्यसपछि दोस्रोमा प्रदीप ज्ञवाली (११०६) भए । विष्ट र ज्ञवाली दुवै गुल्मीका हुन् । तर, उनीहरु फरक फरक प्यानलमा छन् ।
तेस्रोमा उपाध्यक्ष भीम रावल (१०८२), चौथोमा उपाध्यक्ष वामदेव गौतम (१०७७) र पाँचौमा उपाध्यक्ष विद्या भण्डारीले १०५७ मत पाएकी छन् ।
















प्रतिक्रिया