१ कार्तिक २०८३, आइतबार

लोकप्रिय हुँदै एमाले सचिवमा गुल्मीका दुई नेता विजयी, जिल्लामा खुसीयाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Gyawali

शिवलाल सुबेदी

गुल्मी ३१ असार । नेकपा एमालेको नवौ महाधिवेसनबाट गुल्मीका दुई नेता सचिवमा बिजयी भएका छन् ।

गुल्मीका गोकर्ण बिष्ट र प्रदीप ज्ञवाली सचिवमा विजयी हुनुभएको हो । विष्ट वरिष्ठ नेता माधव नेपाल र ज्ञवाली ओली समूहबाट चुनाव लडेका थिए । उनीहरु दुवैले लोकप्रिय मत पाए । विष्ट पदाधिकारीमा सबैभन्दा बढी मत पाउने नेता समेत भएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख समेत रहेका ज्ञवाली र गुल्मीका सभासद् रहेका विष्ट सचिव पदमा विजयी भएपछि गुल्मीमा खुसीयाली छाएको छ । जिल्लाका दुई नेता एमालेको केन्द्र हाक्ने जिम्मेवारीमा पुगेको भन्दै नेकपा एमाले गुल्मीले जिल्लामा खुसीयाली समेत मनाएको छ ।
पूर्व पर्यटन मन्त्री समेत वन्नु भएका ज्ञवाली गुल्मी क्षेत्र नं. २ बाट दुई पटक सभासद बनेका छन् । नेपालमा चलेको १० वर्षे द्धन्दबाट शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेर राजनीतिमा निकै लोकप्रिय नेता मानिने ज्ञवाली २०७० सालको संबिधानसभा निर्वाचनमा भने गुल्मी २ बाट पराजित भएका थिए । २०६४ सालमा सबिधानसभा सदस्यमा बिजयी भएका नेता ज्ञवालीले सबिधान सभाका बिभिन्न उपसमितीहरुको सयोजक भएर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । बिभिन्न समयमा जेल जीवन समेत बिताएका ज्ञवाली पछिल्लो समयमा नेकपा एमाले लगायत देश तथा बिदेशमा समेत लोकप्रिय रहेका छन् । एमालेको नवौ महाधिवेशनमा ओली पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका नेता ज्ञवाली यो महाधिवेशनमा धेरै मत ल्याएर लोकप्रिय बनेका हुन । महाधिबेशनमा सामान्य प्रचारप्रसार समेत नगरेका ज्ञवाली सजिलै सचिवमा बिजयी भएका छन् ।

Gokarna-Bistaनेकपा एमालेका केन्द्रीय सदस्य रहेका गोकर्णराज विष्ट भने चार महिने उर्जामन्त्रीको कार्यकालमै सबैभन्दा बढी लोकप्रिय बने । उर्जा मन्त्री बन्दा निकै राम्रा काम गरेकै कारण जनता र पार्टीभित्र उनको कद उच्च भएको हो ।

माधव नेपाल प्यानलबाट सचिव पदमा बिजयी नेता विष्ट बिद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गदै आएका छन । २०६४ सालको सबिधानसभामा पराजित भएपछि पनि जिल्लाको विकास निमार्णमा जनताका काम गरेर लोकप्रिय भएका बिष्टले २०७० को सबिधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ बाट अन्य ११ उम्मेदवारको मत एकातिर र आफ्नो मत एकातिर राख्दा पनि अझ धेरै मत ल्याएर बिजयी भएका थिए ।