
काठमाडौँ, ४ माघ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा मधुसूदन आचार्य निर्वाचित हुनुभएको छ ।
संस्थाको ५२औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनबाट आचार्य समूह प्यानलसहित निर्वाचित भएको हो ।
आचार्यले निकटतम दुई प्रतिस्पर्धी मिहिका धाख्वा र शम्भू पाठकलाई पछि पार्दै १९१ मतले विजयी हुनुभएको हो । धाख्वाले १६४ र पाठकले ५७ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचन अधिकृत देवीप्रसाद भट्टराईका अनुसार नाट्टामा ४५४ मतदाता रहेकामा ४३२ मत खसेको थियो ।
प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा डिके शर्मा, महासचिवमा भीमप्रसाद पन्त, सचिवमा सुधीर उपाध्याय, कोषाध्यक्षमा चित्र गुरुङ, सहकोषाध्यक्षमा सविता केसी भट्टराई विजयी हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा युवराज सुवेदी, लक्ष्मण लम्साल, रामकुमार बाराकोटी, घनश्याम घिमिरे, विनय बस्नेत, हरिभक्त श्रेष्ठ, बरुण मेहता र शीतलकुमारी शर्मा पौडेल निर्वाचित हुनुभएको छ ।
नाट्टाका नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै संस्थागत सुदृढीकरणका साथै परिणाममुखी काम गर्ने बताउनुभयो ।
उहाँले ट्राभल मार्टलाई सार्कस्तरीय बनाई बढी विदेशी पर्यटक भित्र्याउन योजनाबद्ध ढङ्गले लाग्ने उल्लेख गर्नुभयो । रासस
कस्को मत कति ?
मधुसुदन आचार्य समूहः
अध्यक्ष मधुसुदन आचार्य – १९१
प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९०
द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५
महासचिव भीमप्रसाद पन्त – १७९
सचिव सुधिर उपाध्याय – २१२
कोषाध्यक्ष चित्र गुरुङ – २२१
सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२
सदस्यहरुः
युवराज सुवेदी – १९७
लक्ष्मण लम्साल – २१४
रामकुमार बाराकोटी – १७८
घनश्याम घिमिरे – १८९
विनय बस्नेत – २०८
हरिभक्त श्रेष्ठ – १८८
बरुण मेहता – १७९
सितलकुमारी शर्मा पौडेल – २३३
मिहिका धाख्वा समूहः
अध्यक्ष मिहिका धाख्वा – १६४
प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९
द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१
महासचिव ठाकुर ढुंगाना – १४४
सचिव कमला गुरुङ – १४७
कोषाध्यक्ष तिलक थापा मगर – ११३
सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३
सदस्यहरुः
सुरेश अंगाई – १३८
अमृत ढकाल – १४८
विनोद कार्की – ११८
गोविन्द दाहाल – १४१
सुरेश केसी – ११७
सुरेन्द्र भट्टराई – १४९
यज्ञमुर्ति आचार्य – १०९
अनिककुमार थापा – १२५
शम्भूराज पाठक समूहः
अध्यक्ष शम्भूराज पाठक – ५७
प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२
द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२
महासचिव रमेश थापा – ८४
सचिव दिव्यप्रभा शाही – ४१
कोषाध्यक्ष रामबहादुर घले – ६५
सहकोषाध्यक्ष विजय रिजाल – ३०
सदस्यहरुः
राजु व्यञ्जनाकार – ६८
जयाहरि गोइत – ५१
सञ्जय बजिमाया – ७०
महेन्द्रराज पाण्डे – ४९
ईनु थापा – ११३
सागर अधिकारी – ५१
रमेशमान मलेखु – ६३
बाबुराम रसाइली – ७१















प्रतिक्रिया