काठमाडौं, ३ माघ । आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला ।
अनि त्यसको सोख पनि पाल्ने थिएनन् होला । तर घाँटीमा सधै बहुमूलय गहना लगाएर हिँड्ने सोखकै कारण उनको ज्यान गएको छ ।
गत बिहीबार साँझ आफैले लगाएको बहुमूल्य मालाकै कारण थेपाङको ज्यान गएको छ ।
घरमा कोही नभएको मौकामा लुटेराहरुले डेरामा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर शेर्पाको ज्यान लिएको राजधानी दैनिकले समाचार छापेको छ ।
अनि उनले लगाएको बहुमूल्य सी माला लिएर फरार भए । हत्या भएको भोलिपल्ट पक्राउ परेका फुरी शेर्पाले बहुमूल्य मालाकै लागि थेपाङको हत्या गरेको बयान दिएपछि यो तथ्य बाहिर आएको हो ।
प्रहरी अनुसन्धानले घाँटीमा लगाएको सी माला लुटपाट गर्ने उदेश्यका साथ सोलुखुम्बुका ६० वर्षीय थेपाङको हत्या भएको देखाएको छ ।
हत्यापछि उनको घाँटीमा लगाइएको डेढ करोडभन्दा बढी मूल्य पर्ने सी माला लुटपाट भएको प्रहरीको भनाई छ ।















प्रतिक्रिया