७ कार्तिक २०८३, शनिबार

बैद्य माओवादीले यसरी लियो अर्को नयाँ निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-Maobadiकाठमाडौं, ३ माघ । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचन अबरोधको प्रयाससहित बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको माओवादीले अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ ।

परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको ।

‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न । अब के गर्ने भन्ने पार्टीमा बहस छ । स्थानीय निर्वाचनमा जानुपर्छ कि भन्ने मत पार्टीमा छ’, संविधान जारी भएको पाँचौ दिन ८ असोजमा पार्टीको नेवाः राज्य कार्यालय कुपन्डोलमा आयोजित कार्यक्रता प्रशिक्षणमा बैद्यले पहिलोपटक कार्यकर्तामाझ स्थानीय चुनावमा जान सकिने संकेत गरेका थिए ।

माओवादी नेताहरुमा कार्यनीतिक नाराका रुपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्ने मत अधिक छ ।